काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलब दिने बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत् उनले अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको जानकारी दिएका हुन्।
उनले यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने बताए। सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने उनको विश्वास छ। आईटी पढेका नशक्तिका लागि यो सुखद् कदम भएको उनको भनाई छ।
सरकारले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। सूचना प्रविधिमा जोड दिन र डिजिटल साक्षरतालगायतका कार्यक्रमका लागि ७४ करोड बजेट विनियोजन गरिएको थियो।


