काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवधिक निर्वाचन तोकिएको समयमै हुनुपर्नेमा जोड दिएका छन् ।
उनले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले दक्षिण एशियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए। समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ।
निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेस गरेका कुराहरू पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए।


