काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षणमा तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
कार्यवाहक प्रधानमन्त्री समेत रहेका उनले विहीबार सिरहाको लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको उद्घाटनका क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
भवन निर्माण समयमै सम्पन्न गरेकामा प्रशंसा गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यसले आयोजना समयमै सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको उल्लेख गरे। भवनको सही व्यवस्थापन र उपयोग गरिनुपर्नेमा उनले जोड दिए।


