काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले विहीबार पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापनमा यस्तो धारणा ब्यक्त गरेका हुन् । उनले गलत र मिथ्या सूचना र डिजिटल मञ्चहरुको दुरुपयोग रोक्ने सन्दर्भमा कांग्रेसले गलत राजनीतिक संस्कारलाई पराजित गर्न सुसूचित गर्नेमा ध्यान दिने बताए।


