काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका मुख्य ९ दलले निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधि संविधान विपरीत भएको भन्दै त्यसलाई नमान्ने निर्णय गरेका छन्।
बुधबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
छलफलमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनमत, आम जनता पार्टीका नेताहरू सहभागी थिए ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि त्यसमा समर्थन जनाएको छ ।


