काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीकै कारण नेपालको स्वास्थ्य संस्थाहरु धरासायी बन्दै गएको आरोप लगाएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबीबीएस बिध्यार्थीको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाले भने जस्तो काम गर्न नसकेको बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले त्यहाँ पढेका डाक्टर जहाँ(जहाँ पुगेपनि शिर उँचो राख्ने र गर्व गर्नलायक काम गरिरहेको बताए ।


