काठमाडौं ।आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ ।
उक्त बैठकमा समसामयिक राजनीतिक एवं पार्टीका गतिविधि सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । यसका साथै केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ ।
बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा पनि छलफल हुने प्रवक्ता मनिष झाले बताए।


