काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले चाँडै नै आन्दोलनरत उखु किसानका माग पूरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्।
बर्दिबासमा सञ्चारकर्मीहरुको जिज्ञासामा महामन्त्री थापाले सरकार उखु किसानका माग सम्बोधन गर्न अग्रसर भएको बताए।
‘सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा किसानलाई दिइने अनुदानको रकम बजेटमा व्यवस्था गरिसकेको छ, यसअनुरूप कृषि मन्त्रालयले अनुदान दिने प्रक्रिया थालेको छ’, उनले भने, ‘अब किसानले अनुदानको रकम चाँडै पाउनेछन् ।’
सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५ अनुरूप रु दुई अर्ब छुट्याइसकेको र अब रु २५ करोडजति थप्दा भुक्तानीमा समस्या नहुने उनको भनाइ थियो ।


