काठमाडौं । समसामयिक विषयमा निर्णय गनै नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक सभापति शेरबहादुर देउवा निवासमा बिहान १० बजे बस्न लागेको हो ।
बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुनेछ ।
गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।
यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरिसकेका छन् । कांग्रेसभित्र उपसभामुखविरुद्धको हस्ताक्षर संकलनको विषयमा विवाद छ ।


