काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडवाडको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न निर्देशन दिएको छ।
नेपालीहरुको महान पर्व विजया दशमीको समयमा पनि आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया र अन्तरंग विभाग सधैँ सुचारु गर्न मन्त्रालयले निर्देशन दिएको हो । ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य संस्थाहरूमा कुनै पनि अत्यावश्यक सेवा आवश्यक पर्ने, बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने, सेवालाई असर नपरोस् र निरन्तर रहोस् भन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना स्वास्थ्य संस्थाहरुलाई सधैँ सेवाहरु सुचारु राख्न निर्देशन दिएको बताए।


