काठमाडौं ।ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ ।
अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भइरहेको छ ।
बैठकले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन सकिनेछ ।


