काठमाडौं । आज प्रायः देशभर मौसम बदली हुने जल तथा मौसम विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ।
कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी, मधेस र बागमती प्रदेशको केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।


