प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई बिचौलियाको धाक र धम्कीबाट बनेको टिप्पणी गरेका छन् ।
उनले शनिबार नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।
ने‘कांग्रेस-एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस(एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।’


