काटठमाडौं । हिजोबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले आज पनि बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थली बस्ने रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए ।
उनले भने, ‘रास्वपाको हिजो बसेको केन्द्रीय समितिको बैठकको निरन्तरता आज १ बजेबाट हुनेछ। प्रत्येक सदस्यहरूले बोल्ने क्रममा लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ। त्यसपछिको अरू ३ एजेन्डाहरूमा छलफल बाँकी छन्। आजको बैठक ५ देखि ६ घण्टासम्म लाग्न सक्ने अनुमान छ।’


