काठमाडौं । मन्त्रिपरिषद्को बैठकले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा सहभागी हुन ऊर्जामन्त्री कुलमान घिसिङलाई स्वीकृति दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गरेर उचित राहत दिने निर्णय गरेको छ । आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने र वर्गीकरणपछि घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले बताए ।


