काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । तीनदिनसम्म चल्ने विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुन लागेको हो ।
महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधीहरू काठमाडौं आइपुगिसकेको गौतमले बताए ।
एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ


