काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाको सालो ल भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ ।
आइतबार दिउँसो उपत्यकाका विभिन्न ४र५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो । सीआईबीका एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको हो ।
सो क्रममा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइसमेत रहेका राणाको घरमा पनि छापा मारेको हो ।


