काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्ने बताएका छन् । उनले शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हाल देशमा पूर्वाधार विकाससँगै धेरै विषय बदलिएको उनले उल्लेख गरे । बदलिँदो परिवेशमा मानिसका आकांक्षा पनि बढेको उनले बताए ।
हाल कोरियामा काम गर्न गएको मान्छेले मासिक दुई लाख रुपैयाँ बचत गर्ने उनले बताए । नेपालमा पनि सोहीबराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेसका निम्ति सरकारमा बस्ने, टिक्ने, रहने वा नरहने भन्ने गौण हुनुपर्ने उनले बताए ।


