काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छिन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड गर्नेहरूमाथि पनि कारबाही गर्ने बताइन्।
उनले निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडको भर्त्सनासमेत गरिन्। सम्बोधनका क्रममा उनले भनिन्, ुयो सरकार दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाउँछ।ु
सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।


