काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। उनीहरुलाई आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले सपथ दिलाएका हुन् ।
शपथ खानेहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेल रहेका छन्।
सिन्हाले उद्योग, वाणिज्य तथा आपुर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था तथा गरिबी निवारण, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, परियारले कृषि तथा सहकारी र खरेलले सञ्चार, सूचना तथा प्रविधि मन्त्रीको रुपमा शपथ लिएका हुन्।



