काठमाडौं एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट बाहिरिएका छन्।
२३ र २४ गते भएको जेनजीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते दिउँसो सेनाको हेलिकप्टरमा ललितपुरको लेलेस्थित सैनिक ब्यारेक पुगेका ओली बिहीबार दिउँसो डेरा फर्किएका हुन्।
यसअघि निजी निवास बालकोटमा बस्दै आएका ओलीको घर आन्दोलनकारीले जलाएका छन्। अहिले उनका लागि भक्तपुरस्थित गुण्डुमा डेरा खोजिएको छ।
आन्दोलनपछि पनि राजीनामा नदिई आनाकानी गर्दै प्रहरी खटाएर पेल्ने रणनीति लिएका ओली २४ गते आन्दोलनकारीले बालुवाटार घेरेपछि सेनाको हेलिकप्टरमा भाग्न बाध्य भएका थिए।


