काठमाठौं । आज बिहान ११ बजे नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बस्दै छ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुने माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
आज र भोलि दुई दिन चल्ने बैठकमा प्रवेश शुल्क एक हजार रुपैयाँ तोकिएको छ। हल भाडा, खाजा, पानी लगायतको व्यवस्थापनका लागि सहभागीहरूबाट प्रतिव्यक्ति एकहजार रुपैयाँ रकम संकलन गर्न लागिएको हो।
‘बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ,’ नेता पोखरेलले नेपालखबरसँग भने, ‘त्यो प्रस्तावमाथि छलफल चल्ने भएकाले बैठक भोलिसम्म लम्बिने देखिन्छ।’


