काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
शुक्रबार साँझ सवा ७ बजेतिर तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
‘मिति २०८२-०६-०३ गते मुग्लिन–नारायणघाट सडक खण्डको मुग्लिननजिकै तुइन खोला छेउमा साँझ ७ः१५ बजेतिर पहिरो खस्न गई दुईतर्फी अवरुद्ध भएको छ । माथिबाट थप पहिरो नझरे एक घण्टामा सडक आवागमन सुचारू हुने जानकारी गराइन्छ,’ सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गरेको छ ।


