काठमाडौं । मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । गत राती तुइन खोला छेउमा सामान्य पहिरो खसेसँगै बाटो अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने गरेकोले पछिल्लो समय सडक अवरुद्ध हुँदै आएको थियो ।


