काठमाडौं । सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न गठित जाँचबुझ आयोगले आजबाट काम थालेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आज बसेको बैठकले मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने पहिलो निर्णय गरेको हो ।
जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन र माग गर्ने निर्णय गरेको हो । आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट संकलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउने छन् । अरु सरकारी निकायहरूले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् ।


