काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।
सरकारले बिहीबार गरेको निर्णय गलत भएको उल्लेख गर्दै महामन्त्री थापाले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा आफ्ना धारणा भनेका छन् ‘सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ ।’
सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।


