काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको छ ।
ललितपुरको गोदावरीमा शुक्रबार दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गर्ने भनिएको छ।
उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको संशोधन प्रस्तावका १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २ सय ५१ को हुने व्यवस्थालाई अघि सारिएको छ। प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ।


