काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो ।
त्यहाँ खसेको पहिरो पन्छाएर आज (असोज ७) बिहान ८ः५० बजदेखि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।


