काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने बताएका छन् ।
बुधबार अपरान्ह क्षतिग्रस्त संघीय संसद् भवनको अवलोकन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौंमा मात्रै नभएर सो आन्दोलनको क्रममा देशभर ठूलो क्षति भएको मन्त्री घिसिङको भनाइ थियो । क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियाननै संचालन गर्ने कार्ययोजना रहेको पनि बताए ।
मन्त्री घिसिङले सरकारले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको बताए ।


