काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको त्तिा गठबन्धन बिचौलियाको सेटिङ रहेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री उनले बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा यस्तो आरोप लगाएका हुन् ।
उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै भने, ‘यदि जनयुद्धमा हजारौँ, लाखौँ महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन ।’
अध्यक्ष प्रचण्डले गणतन्त्रविरुद्ध भइरहेको षडयन्त्र र प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र अन्त्य गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे । ‘म यो विश्वास लिएको छु कि तपाईँहरूले यो सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरूद्व भइरहेको सड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ,’ उनले भने ।


