काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चालेको कदम सही भएको दावी गरेका छन् ।
उनले आज विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा क्रममा यस्तो तर्क गरेका हुन् ।
नेता कोइरालाले हालै भएको संसद् विघटन संविधानसम्मत नदेखिए पनि परिस्थितिजन्य रूपमा देशलाई थप संकटबाट जोगाउन गरिएको ‘ड्यामेज कन्ट्रोल’ भएको बताए।
कोइरालाले अब देशलाई निष्पक्ष चुनावमार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताए।
‘


