काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल नेपाल सरकारको प्रवक्ता तोकिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री खरेललाई प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री खरेलले उक्त निर्णयबारे जानकारी गराएका हुन् । ‘ नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ,’ प्रवक्ता खरेलले भने ।


