काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई बिदाइ गर्न भनेका हुन्।
‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, इम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले, माओवादीका सबै साथीहरूलाई म अपिल पनि गर्छु, तीन वटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ’, थापाले भनेका छन् ।


