काठमाडौं । आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमाने कपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक सुरु हुँदैछ।
बैठक बुधबार बिहान ११ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो। यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो। बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ।


