काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।
डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।
उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।


