काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी नफुट्ने प्रष्ट पारेका छन् । उनले आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘नेपाली कांग्रेस पार्टी सहज छलफल गरेर निष्कर्षमा पुग्छ। नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ कसैले धुप बालेको छ भने विल्कुलै नसोचे हुन्छ,’ उनले भने, ‘मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन। नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले नेपाली कांग्रेसका शुभचिन्तकलाई भन्छु( कांग्रेस एक ढिक्का रहन्छ। बद्लिएको परिस्थितिबमोजिम आफूलाई बदल्छ र समाजलाई बदल्ने गरी अगाडि जान्छ।’
उनले पार्टीभित्र भइरहेको छलफललाई लिएर नै विभाजनसम्मको विषय जोडेर चर्चा गरिएको बताए।


