काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
जनताको हक, हित र अधिकारका लागि लड्नेहरुलाई आतंककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक प्रचण्डले भने, ‘एउटा विचारले भन्छ( तपाईंहरुको आन्दोलनलाई आतंककारी। यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतंककारी भनिएको थियो। आज फेरि तपाईहरुलाई पनि त्यस्तै शब्दमा ब्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ।’


