असोज २६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा घुस रकमसहित प्रधानाध्यापक पक्राउ गरेका छन् ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस रकमसहित रौतहटको धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसादसमेत २ जनालाई नियन्त्रणमा लिइएको हो ।
उक्त विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रीतपूर्वक दरखास्त दिएमामा प्रधानाध्यापक सञ्जयले नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएको उनले बताए ।
प्रधानाध्यापक सञ्जय र बिचौलिया अरविन्दलाई घुस रकमसहित पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १३ अदालत रोडस्थित होटलबाट शुक्रबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिए ।


