काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदै छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै रिट दायर भएका छन् ।


