काठमाडौं । आसन्न निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको छ । २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ ।
‘निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएको भए पनि निर्वाचन आयोगमा छलफल र राय परामर्शका लागि पत्र पठाइएको छ,’ उनले भने ।


