असोज ३०, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सीमित स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले धेरै पुगेको बताएका छन् ।
उनले आज ७० औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दुःख व्यक्त गरे ।
गृहमन्त्री अर्यालले भने,‘अभाव र यस किसिमको क्षतिले केवल नेपाल प्रहरीलाई मात्र होइन । नागरिक जीवनलाई समेत प्रभाव पारेको छ । सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ ।’


