काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका छन् ।
सोमबार सिंहदरबारमा जेन(जी आन्दोलनका घाइतेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानुन मान्नुपर्ने भन्दै कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन् ।
दलहरुसँग हतियार भएको सम्बन्धमा टिप्पणी गर्दै उनले भने, “केही दलहरु हतियारमा पनि विश्वास गर्न सक्ने छन् भन्ने संकेतमात्रै हो । दलहरुले निर्वाचनको वातावरण बनाउनुपर्छ भनेको हो ।”


