काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ।
त्यसो त यो जारी बैठकको अन्तिम दिन भएको नेताहरूले बताएका छन्।
अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रतिवेदनमा बोल्न बाँकी १४६ जनाले धारणा राखेपछि बैठक आजै सकिने एमालेले जनाएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व हस्तान्तरणको विषय जोडतोडका साथ उठाएका छन्।


