काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको छ ।
सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका हुन्।
मनमोहन सेन्टरले दिउँसो ३ः ३० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार हाल राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ।


