काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू फेसबुकले दबाब दिँदैमा पद त्याग नगर्ने जिकिर छन्।
उनले आजदेखि ललितपुरको भनिमण्डलमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै यस्तो जिकिर गरेका हुन् । उनले कसैलाई पनि कार्यबाहक नदिने घोषणा गरेका हुन्। यससम्बन्धी निर्णय केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने उनको भनाई छ।
‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ, यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु,’ उनले भने।


