काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस वर्ष छठ पर्वका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराउँदै निमन्त्रणा गर्नेहरूसँग क्षमा मागेका छन्।
उनले छठ पर्वको अवसरमा आयोजना भइरहेका कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेका आयोजकसँग माफी मागेका हुन् ।
‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वत्जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु’, फेसबुकमार्फत् शुभकामना दिँदै थापाले भनेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु ।’


