काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजीको मागका नाममा आफूलाई थुन्ने प्रयासमा रहेको आरोप लगाएका छन्।
उनले आज जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
ʻकेपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै केही भेटिएन। हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ,ʼ बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा उनले भने, ʻजेनजीले यो माग गरेका छैनन्। तर सरकारमा भएकाहरू जेनजीको माग भनेर दाबी गरिरहेका छन्। जेनजीले हामी दलविरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्।ʼ


