काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले आसन्न चुनावको लागि आफ्नो पार्टी तयार रहेको बताएका छन्। पूर्व सभामुखसमेत रहेका उनल आज संवाद डबलीमा भएको कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको छ। सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तैः गरेर अघि बढ्दै छ। हामी चुनावको लागि तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन।’
उनले सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्ने बताए।


