काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले निर्वाचनमा सहभागी हुने बताएका छन् ।
‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ,’ मंगलबार सुर्खेतमा आयोजित पार्टीका पूर्वसभापति गोविन्दबहादुर मल्लको १३औं पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरको छैन् ।’
कार्यवाहक सभापति खड्काले साँच्चै सरकारले चुनाव गराउने हो भने जनजीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू अझै फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोवल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए ।


