काठमाडौं । जेनजी प्रदर्शनका घाइतेहरुले भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलका क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
जनेजी आन्दोलनले दिएको ‘म्यान्डेट’अनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि गरिने बताइन् । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको उनले जानकारी दिइन् ।
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।


